तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने सरकारको भनाई


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने बताएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री नेपालले इन्धन गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने उनको भनाई थियो । इन्धनको मूल्य बढाउन सरकार बाध्य भएको उनको दाबी गरे ।
सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।

सरकारले स्वचालित मूल्यमा इन्धन बिक्री गर्ने हाे भने हालको भन्दा पनि बढी मूल्य पर्न जाने उनले बताए । उपभोक्ताहरूको हितलाई सुनिश्चित गरेर नै सरकारले स्वचालित मूल्य प्रणाली लागु गरेको उनको भनाई थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।