कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए ?

0
Shares

कुमारी क्यापिटलले बिक्रिमा ल्याएको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । फागुन १४ गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको कुमारी इक्वीटी फण्डको इकाई चैत्र ५ गते बाँडफाँड भएको हो ।

कुमारी इक्वीटी फण्डमा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन परेका ९४ हजार ७३३ जनालाई बाँडफाँड गरिएको हो ।

सर्बसाधारणबाट ९४ हजार ६६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार ०१० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५ करोड ३९ लाख २२ हजार ३०० इकाई) आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरियो क्यापिटलले जानकारी दिएको छ । दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गरेको छ।

१०० देखि २० लाखसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको छ । २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाखदेखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना आवेदकलाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।