रमेश कर्पोरेशनद्धारा “फर्वाड टुगेदर” ट्यागलाइनको सुरुवात

0
Shares

नेपालको अग्रणी ब्यापारिक समुहले आफ्ना दूरदर्शी संस्थापक इमिरेट्स स्वर्गिय रमेश गुप्ताको ६३ औँ जन्मोत्सको अवसर पारेर रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन “फर्वाड टुगेदर” को सुरुवात गरेको छ ।

पाँच दशअघि हार्डवेयर व्यवसायबाट प्रारम्भ भएको रमेश कर्पोरेशनले गुप्ताको विरासतलाई आत्ससाथ र सम्मान गर्न उनले देखेका भविष्य एवं दृष्टिलाई नयाँ ब्राण्ड, पहचिान एवं नवीन टगलाइन “फर्वाड टुगेदर” को प्रारम्भ गरेको हो ।

कार्यक्रममा बोल्दै कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले फर्वाड टुगेदरको दर्शनको साथ नयाँ उचाइमा पुग्न उत्कष्ट प्रणालीको स्थापना गरिएको बताए । उनले भनेः “हाम्रो यो नयाँ सुरुवात हामी सबैका लागि वास्तवमै विशेष हो । किनभने यसले हाम्रो ब्रान्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्व समेत गरेको छ । हामीले हामी को हौँ भन्ने कुरालाई हाम्रा बुबाको दर्शन एवं सिद्धान्तहरुलाई आत्मसाथ गर्दै उहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं ”

प्रारम्भदेखि आयात र ट्रेडिङ व्यवसाय, दूरसञ्चार र सूचना प्रविधिमा विविध पक्षहरु मार्फत आफ्नो उपस्थिति जनाउँदै आएको कर्पोरेशनले हाल उत्पादन, वित्तीय सेवा, रियलस्टेट, कन्जुमर ड्युरेवल्स, हाइड्रोपावर, माइनिङ जस्ता कम्पनीहरुलाई आफ्नो संगठन अन्तर्गत समावेश गर्दै आएको छ ।

रमेश कर्पोरेशन अन्तर्गत टेलिटक, टेलिडाइरेक्ट, टेलिनेट, सस्तोडिल, बलेफी हाइड्रोपावर, डोल्सिन मिनरल्स, मिजु कन्ट्रक्सन प्रालि लगायतका कम्पनीहरु रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।