आगामी वर्ष बाटै लाभांश दिने हिमाल दोलखाको दाबी, साउन २४ गतेसम्म आईपीओ भर्न पाईने

0
Shares

हिमाल दोलखा हाईड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरिरहेकोे प्राथमिक शेयरमा साउन २४ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । हाईड्रोले ७६ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

कम्पनीले साउन १७ गते पत्रकार सम्मेलन मार्फत आईपिओमा तोकिएकै समयमा साउन २४ गते बन्द हुने जनाएको हो। हाइड्रोले सर्बसाधारणको लागि असार २५ गतेदेखि ७६ करोड ७२ लाख रुपैयाँ बराबरको आईपिओ बिक्रीमा ल्याएको थियो ।

कुल निष्काशन मध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदनगर्न पाउने छन ।

कम्पनीको आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । उक्त सेयरमा आवेदन दिनको लागिग सि–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो शेयर मार्फत समेत दरखास्त दिन सकिने रहेको छ ।

साथै कम्पनीले आगामी आर्थिक वर्ष देखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई उचित लाभांश दिन सक्ने हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको दाबी गरेको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ । कम्पनीले केबिएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ ।

उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ ।

कम्पनीकोआईपीओलाई केयर नेपालले औसत भन्दा तल आधार जनाउने ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।