इरानद्वारा स्ट्रेट अफ होर्मुजमा नयाँ पारवहन नियम लागू, जहाजहरूका लागि पूर्व अनुमति अनिवार्य


इरानले स्टेट अफ होर्मुजको क्षेत्रमा समुद्रीक ट्राफिक नियन्त्रण कायम गर्न नयाँ पारवहन नियम तथा संयन्त्र सुरु गरेको छ । जसमा होर्मुजको जलमार्ग पार गर्नु अघि जहाजहरूलाई पुर्व अनुमती अनिवार्य हुने प्रणाली लागू गरेको छ ।

इरानको सरकारी टेलिभिजन प्रेसले गरेको रिपोर्टका अनुसार नयाँ नियम लागु भए पछि यस क्षेत्रमा सहजीकरण गर्ने “शिपिंग कम्पनी” हरूले आवाश्यक निर्देशनको आधारमा प्राप्त अद्यावधिक नियम अनुसार यस मार्गका लागि आवश्यक विवरण दिने जनाइएको छ । जसको पालना यस क्षेत्रबाट आवत जावत गर्ने सबै अन्तर्राष्ट्रिय जहाजहरूले पालना गर्नु पर्दछ ।

नयाँ नियम अन्तर्गत, जहाजहरूले स्ट्रेट अफ हर्मुजमा प्रवेश गर्नु अघि ट्रान्जिट अनुमति अनिवार्य भएको उल्लेख गर्दै इरानी मिडियाले यस पहललाई सार्वभौम राज्यको अधिकारको रूपमा वर्णन गरेका छन् ।

यस संयन्त्रको घोषणा गर्दै इरानका प्रमुख वार्ताकार र संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफले यसले हर्मोजको जलमार्गलाई नियन्त्रण गर्ने नयाँ समीकरण स्थापित भइरहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा मार्फत विज्ञप्ती सार्वजनिक गर्दै गालिबफले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले युद्धविरामको उल्लङ्घन र नाकाबंदीको माध्यमबाट ढुवानी र ऊर्जा पारवहनको सुरक्षालाई खतरामा उत्पन्न गरेको बताएका छन् ।

यसै गरी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) नौसेनाले यस क्षेत्रका सबै जहाजहरूलाई “नयाँ चेतावनी“ जारी गर्दै आफ्नो समुद्री निग्रानी बढाएको छ ।

आईआरजिसीले नियमको पालना नभए सैन्य हस्तक्षेप हुन सक्ने चेतावनी दिँदै ढुवानी गर्दा “निर्दिष्ट समुद्री मार्गको नयाँ नियमलाई कडाईका साथ पालना गर्नुपर्ने कुरामा जोड दिएको छ ।

बारम्बार होर्मुज पार गर्न चाहने सबै जहाजहरूलाई चेतावनी दिदै इरानले यस अघि घोषणा गरेको कोरिडोर होर्मुजको क्षेत्रका एक मात्र सुरक्षित मार्ग भएको आईआरजिसीले जनाएको छ ।

यी घटनाक्रमहरू पछिल्लो अमेरिकी टिप्पणी पछि बढेको जनाइएको छ ।

प्राकृतिक ग्यास र तेलका लागि प्रमुख निर्यात मार्गको रुपमा परिचित यस क्षेत्रमा फेब्रुअरीको अन्त्य देखि तनाव बढेकामा तेहरानले सामुन्द्रक नियन्त्रणलाई हाल कडा बनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १३ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।