सेयर बजारमा करेक्सन, वाणिज्य बैंक बाहेक सबै उपसुचकमा गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा करेक्सन आएको छ । बुधबार सेयर बजार परिसुचक नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३५९ कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयरहरू ३ हजार ४६६ पटक किनबेच हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो ।

बुधबार वाणिज्य बैंक समूह १.२७ अंकले बढेको बजारमा अरु सबै उपसुचक राताम्मे भएका छन् । उत्पादन तथा प्रशोधन समूह ७७.६९ अंकले घट्दा निर्जीवन बीमा समूह ५७.०९ अंकले, व्यापार समूह ४४.६८ अंकले, जीवन बीमा समूह ३४.५७ अंकले घटेका छन् ।

घलेम्दी हाइड्रोको सेयर मूल्य ६.२५ प्रतिशतले बढेको बजारमा एनआइसी एसिया व्यालेन्स फण्डको इकाई मूल्य ५.८३ प्रतिशतले र इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य ४.८५ प्रतिशतले बढेको छ ।

कारोबार रकमसँग कारोबार संख्याको आधारमा पनि घलेम्दी हाइड्रपावर शीर्षस्थानमा रहेको छ । उक्त कम्पनीका ११ लाख १६ हजार १४६ इकाई सेयरहरू २ हजार ११४ पटकको कारोबारमा ३२ करोड २१ लाख १२ हजार रुपैयाँ बराबरमा किनबेच भएका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार  १५ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।