सनराइज ब्लुचीप फण्डको इकाईमा आवेदन दिने समय थप

0
Shares

सनराइज ब्लुचिप फण्डमा आवेदन दिने समय थप भएको छ । सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशनमा ल्याएको उक्त फण्डको इकाईमा अब चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो मिति अगावै माग गरिएकोभन्दा अधिक आवेदन परेको खण्डमा भने बीचमा नै सूचना प्रकाशन गरेर निष्काशन बन्द गरिने क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको माबाइल एप तथा वेबबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि फण्डको इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशित इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यसअघि सनराइज फस्र्ट म्युचुअल फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधिको दोस्रो बन्दमुखी प्रकृतिको योजना बिक्रीमा ल्याएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।