
अन्तर्राष्ट्रिय बजारमा घट्न थालेपछि नेपाली बजारमा पनि सुनको भाउ विस्तारै घट्न थालेको छ । सुनसँगै चाँदीको भाउमा पनि गिरावटको अवस्था देखिएको छ ।
नेपाली बजारमा लगातार तीन दिन देखि सुनको मूल्य स्थीर रहेकोमा बिहीबार तोलामा ३०० रुपैयाँले बढेको थियो । शुक्रबार फेरि तोलामा सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । यस्तै चाँदीको भाउमा पनि शुक्रबार १५ रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ८६ हजार ७०० रुपैयाँ, तेजावी ८६ हजार २५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन तोलाको ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया