प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ ।
महान्यायाधिवक्ताको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै पत्रकार सम्मेलनको आयोजना राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।
राजीनामा घोषणापछि आयोजित पत्रकार सम्मेलन मार्फत खरेलले प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने बताएका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया