काठमाडौँ । बर्ली होम एप्लायन्सले नेपालमा आफ्नो कूलिङ उत्पादन दायरा विस्तार गर्दै २ नयाँ एयर कूलर सार्वजनिक गरेको छ । कम्पनीले व्यावसायिक प्रयोजनका कूलर सार्वजनिक गरेको केही समयपछि अब घरेलु तथा व्यक्तिगत प्रयोगका लागि नयाँ डेजर्ट र पर्सनल कूलर बजारमा ल्याएको हो ।
नयाँ सार्वजनिक गरिएका मोडलमध्ये ‘पोलो–५५ लिटर’ डेजर्ट कूलर मध्यम तथा ठूला कोठाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसले शक्तिशाली शीतलतासँगै आधुनिक डिजाइन प्रदान गर्ने बताइएको छ । यस्तै ‘प्राइड–४५ लिटर’ पर्सनल कूलर व्यक्तिगत प्रयोग तथा साना कार्यालयका लागि लक्षित गरिएको छ, जसले कम आवाजमा प्रभावकारी शीतलता दिने कम्पनीको दाबी छ ।
यी नयाँ उत्पादनसँगै बर्लीले अब नेपालमा कुल २२ वटा एयर कूलर मोडल उपलब्ध गराएको छ । यसलाई नेपालकै सबैभन्दा विस्तृत कूलर रेन्ज भएको ब्रान्डका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार विभिन्न क्षमता र प्रयोजनअनुसार पर्सनल, डेजर्ट, टावर तथा कमर्सियल कूलरहरू बजारमा उपलब्ध छन् ।
कूलरहरूमा चारैतर्फ हावा प्रवाह गर्ने प्रविधि, बहु–तहयुक्त विशेष प्याड, बरफ राख्ने छुट्टै चेम्बर, इन्भर्टरमा चल्ने सुविधा, कम आवाजमा सञ्चालन हुने प्रविधि लगायतका विशेषता समावेश गरिएको छ । साथै, कम बिजुली खपत र स्वच्छ हावा प्रदान गर्ने प्रणालीसमेत रहेको जनाइएको छ ।
नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताको आवश्यकता र बजेटलाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार देशभरका सिजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन माध्यमबाट कूलरहरू खरिद गर्न सकिनेछ ।
बिक्रीपछिको सेवाका लागि देशभर ४० भन्दा बढी सेवा केन्द्रमार्फत प्राविधिक सहयोग उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा बढ्दो मागलाई सम्बोधन गर्दै आगामी दिनमा थप नवीन उत्पादन ल्याउने योजना रहेको उल्लेख गरेको छ ।












प्रतिक्रिया