नेपाललाई टेकहवको रुपमा विकास गरी अन्तराष्ट्रिय लगानी आकर्षित गर्ने


काठमाडौँ । सरकारले नेपाललाई टेकहबको रुपमा विकास गरी अन्तराष्ट्रिय लगानी आकर्षित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई टेकहबको रुपमा विकास गर्ने बताएका हुन् ।

उच्च क्षमतामा डेटासेन्टर, डिजिटल पार्क, सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी अन्तराष्ट्रिय कम्पनीहरु आकर्षित गर्ने सरकारको नीति रहेको छ । यसका साथै हरित कम्युटिङ र एआई कम्प्युटेष्ट साइबर सेवा र सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा घोषणा गरी यस क्षेत्रको निर्यात प्रबर्धन गर्ने सरकारको नीति रहेको छ ।

नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधि निर्यात उद्योगलाई वित्तिय सहुलियत दिँदै लगानी सहजीकरण, सहलगानी, अनुसन्धान तथा नव प्रवर्धन क्षेत्रमा विशेष जोड दिएर कर प्रोत्साहन उपलब्ध गराइने बताए ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।