सरकारको नीति : श्रम निर्यातबाट रिमोट वर्क आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने योजना


काठमाडाैँ । सरकारले श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई क्रमशः ज्ञान, सेवा, डिजिटल व्यापार तथा रिमोट वर्कमा आधारित मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार, श्रम निर्यातको परम्परागत ढाँचाबाट बाहिरिँदै देशभित्रै डिजिटल तथा सेवा क्षेत्रको विस्तार गरिनेछ, जसले वैदेशिक आम्दानी बढाउन सहयोग गर्नेछ । साथै, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।