
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गरेका आरोपमा फार्मेसी अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले औषधी व्यवस्था विभाग विराटनगर स्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई नियन्त्रणमा लिएको हो ।
सुवेदीले सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका घुस मागेका थिए ।
उक्त घुस माग गरेको भन्ने सूचना प्राप्त हुनसाथ आयोगको कार्यालय इटहरीबाट गएको टोलीले अधिकृत सुवेदीलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा घुस माग गरी लिएको प्रमाणित हुन आएपछि सुवेदी विरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया