सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तव्यवस्थापन


काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लि को अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको छ ।

वैशाख ३० गते बुधबारको दिन प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मस्र्याङ्दी गाँउपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब ११ अर्ब ३० करोड रुपैयाँ मध्ये सहवित्तीयकरण बैंकहरुले ६७ः३३ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् भने ३३ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको उदीपुर स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र बर्षायाममा २००.५०३ गिगावाट गरी बार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

हाल सम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजना सहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हाल सम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

साथै बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, बग्मती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरुमा, लुम्बीनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरुमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरुमा लगानी गरेको गरेको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।