स्रोत नखुलेको ६ लाख अवैध रकम सहित वीरगञ्जबाट एक पक्राउ

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँ अवैध नगद सहित आइतबार एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ बस्ने २५ वर्षीय मुकेश कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्र.३–००२ प २३७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इनरुवाबाट खटिएको प्रहरीले मोटरसाइकल चालक यादवलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी इनरुवाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।