सुनको भाउ तोलामा थप ३०० रुपैयाँले सस्तियो

0
Shares

साताको तेस्रो दिन मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएको छ । सोमबार २०० रुपैयाँले घटेको सुन मंगलबार थप ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो । सोमबार पनि सुन तोलामा २०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको थियो ।

यससँगै चैत १० गते, मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।

सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेकोमा सोमबार २०० र मंगलबार ३०० रुपैयाँले घटेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।