मूल्य अभिवृद्धि करलाई तत्कालै बहुदरमा लाने कुनै सोच छैन : राजश्व समिति

0
Shares

राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहालले मूल्य अभिवृद्धि करलाई बहुदरमा लानको लागि यसवर्ष कुनै सोच नभएको जानकारी गराएका छन् ।

नेपाल उद्योग परिसंघको ‘मेक इन नेपाल–स्वदेशी’ जागरण अभियान अन्तर्गत सोमबार भएको छलफल क्रममा मूल्य अभिवृद्धि करलाई वहुदरमा लानको लागि यसवर्ष कुनै सोच नभएकोले यसलाई आगामी वर्षहरुमा अगाडी बढाउँदै लैजाने बताए।

नीजिक्षेत्रका तर्फबाट आउने राजश्वका कतिपय सुझावहरु स्पष्टरुपमा आउनु पर्ने धारणा राख्दै करको दरभन्दा पनि करको दायरालाई बढावा दिने गरी समितिले कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाई थियोे । निजी क्षेत्रबाट आएका सुझावहरु मनन योग्य भए पनि मूल्य अभिवृद्धि करलाई बहुदरमा लानको लागि यसवर्ष कुनै सोच नभएको प्रष्ट्र पारे ।

अहिलेको अवस्थामा अनलाईन व्यापारलाई कसरी सहज पहिचान गर्न सकिन्छ त्यस तर्फ समिति केन्द्रित रहेको छ । समितिले कुनै पनि बेला नेपाल सरकारलाई सुझाव दिनसक्ने भएकोले भन्सार र ननट्क्सका विषयहरुलाई व्यवस्थापन गर्दै लैजान्छ । उनले भने । दाहालले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै राजश्व परामर्श समितिले नीतिगत व्यवस्था र बजेट मार्फत कसरी सहयोग गर्न सकिन्छ त्यस तर्फ पनि विचार पु¥याउने धारणा राखे ।

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई अगाडी बढाउन यस भन्दा अगाडी गरेका छलफल र शुभारम्भ कार्यक्रमहरुको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउनको लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताए ।

यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो । नितिगत तहमा रहेका व्यक्तिहरुको सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै अध्यक्ष मोरले उद्योगहीहरु माग्नमात्र आउँछन् भन्ने मानसिकता क्रमशः हट्दै गएको बताए ।

परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले परिसंघले अगाडी सारेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको विस्तृत प्रस्तुतिकरण गर्दै औद्योगिकरणको लागि राजश्व नीति सम्बन्धमा छलफल चलाउनु पर्ने सुझाव दिए । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० चैत २०७७, मंगलबार  १४ : ४४ बजे