६ अंकले घटेको सेयर बजारमा कारोबार रकम भने बढ्यो


काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचकका गिरावट देखिए पनि कारोबार रकम भने बढेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

मंगलबार कारोबारमा आएका ११३ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता सेयरहरू ४५ हजार ५१९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से १.०३ अंकले बढेर २७३०.९१ अंकमा पुग्दा कारोबार रकम २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबारको कारोबारमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबारको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा नेपाल रिपब्लिक मिडिया, दरमखोला हाइड्रोपावर, ग्लोबल आइएमई फण्ड, एसबिआई बैंक डेभेन्चर रहेका छन् ।

यता, सिटी होटलको सेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावर, प्रभु बैंक डेभेन्चर, झापा इनर्जी र केबिएल डेभेन्चर शीर्ष ५ मा रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा सिटी होटल रहेको छ । सिटी होटलको सेयर २३ करोड ५३ लाख ३५ हजार रुपैयाँको कारोबार हुँदा साहस उर्जाको ९ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । आँखुखोला हाइड्रोपावरको ८ करोड ६८ लाख ३३ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ८ करोड १८ लाख ५७ हजार रुपैयाँको कारोबार हुँदा एसवाई प्यानलको ८ करोड ७ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।