आरएसडिसी लघुवित्तको प्रगति सुधारउन्मुख, नाफा ७१ प्रतिशतले बढ्यो

0
Shares

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ७१ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्षमा लघुवित्तले ३ करोड ७४ लाख खुद नाफा आर्जन गरेको थियो। हकप्रद तथा बोनस बाँडेर ३० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको जगेडाकोषमा आकर्षक बढोत्तरी भएको छ भने नाफा बढ्दा प्रतिशेयर आम्दानी समेत सुधार आएको छ ।

लघुवित्तले ६३ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको छ । जसको जगेडाकोषमा १६ करोड ९२ लाख जम्मा भएको छ । जगेडाकोष १३६ प्रतिशतले बढेको हो ।

थोक लघुवित्त सेवाप्रदायक आरएसडिसी लघुवित्तले गत असार मसान्तसम्म अन्य बैंक तथा वित्तीय संस्था मार्फत एक अर्ब ८० करोड रुपैयाँ ऋण सापटी गरेर दुई अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ । जसबाट १२ करोड खुद ब्याज आम्दानी गरेको छ ।

पूँजी र व्यवसायको आकारसँगै लघुवित्तको खराब कर्जा समेत बढेको छ । खराब कर्जा अनुपात ०.०३ प्रतिशतबाट बढेर ०.२५ प्रतिशतमा पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसाबाट १० रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७१ पैसा छ । लघुवित्तको कोषको लागत ११.०२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.८६ गुणा बढी छ।