
उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयेजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे ।
भैरहवा निवास ४९ वर्षिय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक समेत हुन । लामो समय देखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् ।
आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएका उनी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुभएकाले पार्टी प्रवेश गरिएको बताए । ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया