बुधबार स्थीर रहेको सुनको मूल्य बिहीबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलोको २ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ, तेजावी ८६ हजार ४५० रुपैयाँ र चाँदीको भाउँ तोलाको १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाादी तोलाको १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया