नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका १८ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट आधा अर्थात ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । ९ कम्पनीको लाभांश निर्धारण हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेकामध्ये शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले शेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेका छन् ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गते बुकक्लोज गरेको शिखर इन्स्योरेन्सले चैत ९ गते सोमबार साधारण सभा नै सम्पन्न गरिसकेको छ भने चैत ११ गते बुधबार बुकक्लोज गरेको प्रिमियरले चैत २३ गते सोमबार आह्वान गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सले चैत २७ गते आह्वान गरेको साधारण सभाका लागि चैत १७ गते मंगलबार बुकक्लोज मिति तोकेको छ ।
लाभांश घोषणा गरेकामध्ये शिखरले सबैभन्दा धेरै २९.२३ प्रतिशत (२७.७७ प्रतिशत बोनस र १.४६ प्रतिशत नगद) लाभांश वितरण गरेको छ । हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव गरेको छ ।
Sector- Non Life Insurance | Stock Symbol | Bonus | Cash | Total | Bookclose | AGM |
Shikhar Insurance | SICL | 27.77 | 1.46 | 29.23 | Falgun 26, Wednesday | Chitra 9, Monday |
Siddhartha Insurance | SIL | 12.00 | 3.79 | 15.79 | ||
Premier Insurance | PIC | 0.00 | 11.05 | 11.05 | Chaitra 11, Wednesday | Chaitra 23, Monday |
Prabhu Insurance | PRIN | 10.00 | 0.53 | 10.53 | ||
Nepal Insurance | NICL | 8.00 | 2.00 | 10.00 | Chaitra 17, Tuesday | Chaitra 27, Friday |
Prudential Insurance | PICL | 8.00 | 0.42 | 8.42 | ||
Everest Insurance | EIC | 8.00 | 0.42 | 8.42 | ||
IME General Insurance | IGI | 7.00 | 0.37 | 7.37 | ||
Himalayan General Insurance | HGI | 3.00 | 3.75 | 6.75 |
- ९ निर्जीवन बीमा कम्पनीको लाभांश आउन बाँकी
गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट नेको इन्स्योरेन्स सहित ९ कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ । जसमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, नेको, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।
अजोड, सानिमा र जनरल इन्स्योरेन्स नयाँ कम्पनी भएकाले यी कम्पनीले गत आवको नाफाबाट लाभांश वितरण गर्नसक्ने सम्भावना न्यून देखिन्छ । नयाँ कम्पनीहरुलाई जगेडा तथा कोष मजबुत बनाउन बीमा समितिले निर्देशन दिनसक्ने भएकाले यी कम्पनीको लाभांश गत आवको नाफाबाट आउने आशा लगानीकर्तामा कम नै छ ।
अन्य ६ कम्पनीको लाभांश प्रस्ताव भैसकेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया