काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
बीमा ऐन २०७९ को दफा ८ ९१० बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदन दिन चाहने व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित निवेदन बुझाउनुपर्नेछ ।
व्यक्तिगत विवरण अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाडौंमा रहेको समितिको सचिवालयमा पेश गर्नुपर्ने जानकारी दिइएको छ ।
यस्तै, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, सार्वजनिक निकायको कुनै ठेक्का पट्टा सम्झौता गरी काम गरिरहेको व्यक्ति उक्त पदको लागि अयोग्य हुने छन् ।










प्रतिक्रिया