सुनको भाउ घट्दा चाँदीमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घट्दा चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१३.१३ अमेरिकी डलर र चाँदी ७६.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।