प्रहरीले सक्कली भन्दै नक्कली सुनका सिक्काहरु दिएर ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका–९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ बर्षीय जल्लाउदिन मियाँ रहेका छन् ।
उनीहरुले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाएर नक्कली सुनका सिक्काहरु दिएर ४ लाख रुपैयाँ रकम ठगी गरेपछि सम्पर्क बिहिन भएका थिए ।
उक्त सूचनाको अधारमा खोजतलासमा खटिएको प्रहरीले दुबैलाई पक्राउ गरि थप अनुसन्धान अधि बढाइएको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया