परम्परागत झोलाबाट कागजमा झर्यो बजेट


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट झोलाबाट कागजमा झरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेट नेपाली कागजको फाइलमा तयार पारेका छन् ।

यसअघिका अर्थमन्त्रीले परम्परागत कालो झोला वा अल्लोको झालामा बजेट ल्याउने गरेका थिए । मन्त्री वाग्ले केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । नयाँ सुरुवात गर्ने र परम्परा तोड्ने बाचाका साथ बनेको सरकारले झाेलाको बजेटलाई कागजमा ल्याएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।