काठमाडौँ । सरकारले कीर्तिपुर–मध्यपुर ठिमी क्षेत्रमा पाइप सञ्जाल विस्तारका लागि सात अर्ब २६ करोड विनियोजन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन्।
उनले भने, “ कीर्तिपुर, मध्यपुर ठिमी, जोरपार्टी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थनमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौं । यस आयोजनाका लागि सात अर्ब २६ करोड विनियोजन गरेको छु ।”
यसैगरी, आगामी आर्थिक वर्ष याङ्ग्री र लोर्क खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्ने उनको भनाइ छ ।










प्रतिक्रिया