आईपीओ जारी गरेकोे झण्डै साढे तीन महिनापछि रसुवागढी र साञ्जेनको शेयर सूचीकरण

0
Shares

प्राथमिक शेयर निष्काशन गरेको झण्डै तीन महिनापछि साञ्जेन र रसुवागढी हाइड्रोपावरको शेयर कारोबारका लागि नेप्सेमा सूचीकरण हुने भएको छ । नेप्सेका अनुसार यी दुई जलविद्युत कम्पनीको शेयर सोमबार सूचीकरण हुने भएको छ ।

 रसुवागढीले १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यस्तै, साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर निश्कासन गरेको थियो।

शेयर सूचीकरण भएपश्चात यी कम्पनीहरुको शेयर नेप्सेमा किनबेच गर्न पाइनेछ ।

दुवै कम्पनीले गत वैशाखमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका थिए । यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।