प्रि ओपनिङमा २७ कम्पनीको शेयर मूल्य बढ्यो, ३७ कम्पनीको शेयर कारोबार

0
Shares

तीन दिन बन्द भएर होली पछि खुलेको बजार बजार उकालो लागेको छ ।

कुल ३७ कम्पनीका ७ हजार १९१ कित्ता शेयर कारोबारमा आएको बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । योसँगै समग्र बजार परिसुचक नेप्सेमा ९.२७ अंकको सुधार आएको छ ।

४ कम्पनीको शेयर मूल्य स्थिर रहेको बजारमा ६३ लाख ४४ हजार २७१ रुपैंयाको कारोबार भएको छ । सोमबारको वृद्धिसँगै बजार परिसुचक नेप्से २५५८.२३ अंकमा उक्लिएको छ ।

तिब्र उतार चढावका बिच पछिल्ला दिनहरुमा कम्पनीको शेयर मूल्य एउटा गतिमा र समग्र बजार अर्को गतिमा चलिरहेको छ । जसका कारण कतिपय कम्पनीका शेयरको मूल्य बजार घट्दा बढिरहेको छ भने कतिपयको बजार बढ्दा घटिरहेको छ ।

तीन कम्पनीको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

गत बिहीबार मात्र प्रि ओपनिङमा उकालो लागेको बजार बन्द हुँदा २१ अंकको गिरावटमा बन्द भएको थियो ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।