चैत १६ गते सोमबार (आज) मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
तीन वटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंगलबार शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छन् । यसअनुसार लाभांश पाउन तथा साधारण सभामा भाग लिन बुकक्लोजको अघिल्लो दिनसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ ।
हेरौं कुनको कति छ लाभांश:-
१. मिथिला लघुवित्त
लाभांशः १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१५७९ प्रतिशत नगद गरी कुल १२.६३१५७९ प्रतिशत
साधारण सभाः बाह्रौं वार्षिक साधारण सभा चैत्र २९ गते, आइतबार होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजे आह्वान
बुकक्लोजः चैत्र १७ गतेदेखि
२. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
लाभांशः ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कूल १० प्रतिशत
साधारण सभाः ७२ औं वार्षिक साधारण सभा चैत्र २७ गते, शुक्रबार, एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा बिहान ११ बजे आह्वान
बुकक्लोजः चैत्र १७ गतेदेखि
३. ग्रीन डेभलपमेन्ट बैंक
लाभांशः ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० नगद गरी कुल ४ प्रतिशत
साधारण सभाः आठौं वार्षिक साधारण सभा चैत २८ गते, शनिबार होटल बाराही, लेकसाइडमा बिहान ११ बजे आह्वान
बुकक्लोजः चैत्र १७ गतेदेखि
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया