सुनको मूल्य उकालो लाग्यो, चाँदी ओरालोतर्फ

0
Shares

सुनको मूल्य नेपाली बजारमा सोमबार बढेको छ भने चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सोमबार सुन तोलाको २०० रुपैयाँले बढेको हो भने तोलामा ५ रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५०० रुपैयाँ, तेजावी ८६ हजार ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ८६ हजार ३०० रुपैयाँ, तेजावी ८५ हजार ८५० रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य स्थीर रहेको थियो । आइतबार फागु पुर्णिमाको सार्वजनिक विदा परेका कारण आइतबार सुनको भाउ निर्धारण भएन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।