धितोपत्र बोर्डले तयार गर्यो संस्थागत सुशासनको ढाँचा, सुचिकृत कम्पनीहरुले बुझाउनुपर्छ यस्ता विवरण

0
Shares

नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा तयार गरी लागु गरेको छ । बोर्डले सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले तयार गरी बोर्डमा पेश गर्नुपर्ने प्रतिवेदनमा एकरुपता ल्याउन ढाँचा लागू गरेको हो । 

बोर्डले संस्थागत सुशासन सँग सम्बन्धीत मुख्य सिद्धान्तहरु तथा संस्थागत सुशासन सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत अध्ययन गरेर सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लागू गरेको बताएको छ ।

सुचिकृत कम्पनीहरुले बोर्डमा बुझाउनु पर्ने प्रतिवेदनमा प्रतिवेदनमा मुख्यतया सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्यविवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धमा विवरण तयार गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डले संचालक समितिको अध्यक्ष र संचालकहरुको सन्दर्भमा नाम तथा ठेगाना, लिएको शेयर संख्या, नियुक्तभएको मिति, प्रतिनिधित्व भएको समूह, संस्थाकोे शेयर संरचना,सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र निर्णयको छुट्टै अभिलेख राखे÷नराखेको, सञ्चालक समितिको दुई लगातार बसेको वैठकको अधिकतम अन्तर, संचालक समितिको बैंठक भत्ता तथा खर्च लगायतका विवरण पेस गर्नु पर्नेछ ।

ढाचाअनुसार सुचिकृत कम्पनीले संस्थाको जोखिमव्यवस्थापनतथाआन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको, गठन नभएको भए सोको कारण, जोखिम व्यवस्थापनसमितिको संरचना तथा कार्य सम्बन्धी विवरण बोर्ड बुझाउनु पर्नेछ ।

सुचिकृत कम्पनीले ढाचा अनुसार बार्षिक तथा विशेष साधारण सभाको सूचना, बार्षिक तथा त्रैमासिक प्रतिवेदन मार्फत सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण र धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचनाप्रवाह सम्बन्धी विवरण पनि बोर्डमा बुझाउुन पर्नेछ ।

ढाचाँमा सुचिकृत कम्पनीको कर्मचारीहरुको संरचना, पदपूर्ति, वृत्तिविकाश, तालिम, तलव, भत्तातथाअन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरु समेटिएको कर्मचारी सेवा शर्त विनियमावली व्यवस्था भए/नभएको विषयमा समेत विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी संस्थाको पछिल्लो आर्थिक वर्षको वित्तियविवरण तयार गरे/नगरेको, नगरेको भए सोको कारण, संचालक समितिमा वित्तीयविवरण पेश भएको मिति तथा वित्तीयविवरण प्रकाशन गरेको मिति, आन्तरिक तथा बाह्य लेखापरीक्षण सम्बन्धीविवरण र लेखापरीक्षण समितिको बैठक सम्बन्धीविवरण समेत बोर्डलाइ दिनु पर्ने छ ।