सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

0
Shares

सुनको मूल्य नेपाली बजारमा मंगलबार घटेको छ । सोमबार तोलाको २०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार रुपैयाँ, तेजावी ८५ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २१५ रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ, तेजावी ८६ हजार ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको भाउ २०० रुपैयाँले बढ्दा चाँदी ५ रुपैयाँले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।