विजय लघुवित्तको ४ करोड २५ हजार रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत

0
Shares

विजय लघुवित्त (VLBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।  नेप्सेका अनुसार लघुवित्तको ४ करोड २५ हजार ६५ हजार ९८५ रुपैयाँ बराबरको ४ लाख २५ हजार ६५९ दशमलव ८५ कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले आ.व २०७६/७७ को नाफबाट वितरण गरेको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाबाट उक्त बोनस पारित गरेको थियो । 

लघुवित्तले लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते बुकक्लोज मिति तोकेको थियो । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त बोनस शेयर प्राप्त गर्नेछन् ।

उक्त शेयर बुकक्लोज मितिसम्म कायम लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा आएपछि दोश्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।