काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गर्न लागेको साधारण शेयरको प्रत्याभूतिका लागि ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले जारी गर्ने ६६ लाख कित्ता साधारण शेयरको प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा कुल ६६ करोड रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्ने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको हो।
कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार उक्त सम्झौतासँगै पिपुल्स इनर्जीको प्रस्तावित आईपीओ निष्कासन प्रक्रिया थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया