दराजको ‘६.६ मिड इयर सपिङ फेस्ट’ सुरु


काठमाडौं । दराज नेपालले ‘६.६ मिड इयर सपिङ फेस्ट’ सार्वजनिक गर्दै ग्राहकका लागि विशेष छुट, भौचर, निःशुल्क डेलिभरी तथा आकर्षक उपहार योजना ल्याएको छ।

जेठ २२ गते बेलुका ८ बजेदेखि जेठ २७ गतेसम्म सञ्चालन हुने अभियानमा ग्राहकहरूले विभिन्न उत्पादनमा ७५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, लक्की ड्रमार्फत १ लाख ६५ हजार रुपैयाँ बराबरको हाइसेन्स क्यूएलईडी भिडा टिभी जित्ने अवसर पनि उपलब्ध हुनेछ।

दराजका अनुसार अभियान अवधिमा विभिन्न लोकप्रिय ब्रान्डका उत्पादनमा विशेष छुट प्रदान गरिनेछ। प्लेटिनम, गोल्ड तथा सिल्भर ब्रान्ड साझेदारहरूबाट उपभोक्ताले आकर्षक मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैगरी, ‘ब्रान्ड रश आवर’ अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफर उपलब्ध हुनेछन्। उक्त अफर निश्चित समय अवधिमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

भुक्तानीलाई थप लाभदायी बनाउन दराजले नबिल बैंकसँग सहकार्य गरेको छ। बैंकका कार्डमार्फत भुक्तानी गर्दा ग्राहकहरूले अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्। साथै, ईसेवा र खल्ती बाइ आइएमई प्रयोगकर्ताहरूका लागि पनि विशेष छुटको व्यवस्था गरिएको छ।

कम्पनीले मध्य–वर्षीय किनमेललाई थप सहज, किफायती र आकर्षक बनाउन यो अभियान सञ्चालन गरिएको जनाएको छ। दराजका अनुसार अभियानमा सहभागी भई ग्राहकहरूले बचतसँगै विभिन्न उपहार जित्ने अवसर समेत प्राप्त गर्नेछन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।