दश अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, आइपीओ पनि जारी गर्ने

0
Shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा एनआरएन डेभलपमेन्ट फन्ड दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते उक्त कम्पनीलाई दर्ता प्रमाणपत्र दिएको हो।

एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको खबरले निकै हर्षित बनाएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले बताए ।
सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुनछ । उनले भने । कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको पन्तले बताए ।

८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा कम्पनीको छ । संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनेछन् । यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् ।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतिक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत २०७७, मंगलबार  १८ : ५४ बजे