शेयर बजार ४ बजेसम्म खुला हुने

0
Shares

बुधबारदेखि शेयर कारोबार खुला भएको एनआईसी एशिया लघुवित्तको खरीद चापका कारण नेप्सेको टिएमएसमा प्राविधिक समस्या आएर एक घण्टा शेयर कारोबार हुन नसकेपछि बुधबार कारोबार समय बढाइएको छ ।

नेप्सेका अनुसार बुधबार थप एक घण्टा कारोबार समय थप गरिएको हो । यसअनुसार अब ४ बजेसम्म शेयर कारोबार सञ्चालन हुनेछ ।
अन्य दिनमा बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आइरहेको थियो ।

एनआईसी एशिया लघुवित्तको शेयरमा आएको खरीद चापका कारण समग्र प्रविधिमा नै गढबढ भएपछि १२ बजेपछि कारोबार अवरुद्ध भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।