बुध्द एयरले आफ्ना रोयल क्लव सदस्यहरुका लागि सार्वजनिक गर्यौ ‘गज्जबको डिस्काउण्ट अफर’


काठमाडौं । बुध्द एयरले आफ्ना रोयल क्लव सदस्यहरुका लागि ‘गज्जबको डिस्काउण्ट अफर’ सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्यहरु धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उलब्ध हुनेछ । यस अफर अनुसार धनगढी उडानमा १२०० रुपैयाँ, नेपागञ्ज उडानमा १,००० रुपैयाँ तथा भद्रपुर उडानमा ८०० रुपैयाँ सम्म छुट प्रदान गरेको छ । उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ । यो अफर सिमिति अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ ।

अफरको लाभ लिन रोयल क्लव सदस्यहरुले टिकट बुकिङ गर्दा अनिवार्य रुपमा आफ्नो रोयल क्लव नम्बर इन्ट्री गर्नुपर्नेछ । रोयल क्लब माईलेज आईडी इन्ट्री नगरिएका बुकिङहरुमा यो अफर लागू हुने छैन । डिस्काउण्टका लागि रोयल क्लव माईलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर÷एजेन्सीलाई अनुरोध गरेको छ । रोयल क्लवका सदस्यहरुले ५ केजी अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माईलेज प्वाईण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् ।

बुध्द एयरले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार त्यसैगरि कोलकातातर्फ आईतबार, मंगलबार, बिहिबार र शनिबार उडान भरिरहेको छ । रोयल क्लव यात्रु सदस्यहरुलाई निःशुलक फिफा वल्र्डकप सब्सक्रिप्सन बुध्द एयरले आफ्ना यात्रुहरुका लागि सजिलै मोबाईलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटिभीदिगो बोर्डकास्टीङ कन्र्सो टियम जेभीसँग सम्झौता गरेको छ ।

डीजीओ एपबाट फिफा वल्र्डकपका सम्पूर्ण खेलहरुका आनन्द लिन रोयकल क्लवका सदस्यहरुले फ्रि सब्सक्रिप्सन पाउनेछन् । यो सब्सक्रिप्स्न बुध्द एयरले आफ्ना रोयल क्लवका सदस्यहरुलाई आगामी ४ सातासम्म, हरेक साता सयौंका दरले सब्सक्रिप्सन प्रदान गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १४ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।