काठमाडौँ । जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।
सहारा नेपालद्वारा सोमबार आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १।० ः शेयर द स्कोप, रेज द होप’ विषयक सम्मेलनअन्तर्गतको प्यानल छलफलमा वक्ताहरुले सो धारण व्यक्त गरेका हुन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा नवराज पुडासैनीले नेपालको वन क्षेत्रको बिकासमा सामुदायिक वन उपभोक्ता र आदिवासी जनजातिको योगदान उल्लेखनीय रहेको चर्चा गरे।
वरिष्ठ ऊर्जाविज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं नवीकरणीय ऊर्जामा लगानी र प्रयोग बढाउनु पर्नेमा जोड दिए ।
नेपाल बैङ्कर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा, नेपाल माइक्रोफाइनान्स बैङ्कर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, सिटिजन्स लाइफ इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले र राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले हरित लगानीका लागि सबै प्रकारका बित्तीय संस्थाले सहजीकरण गर्नुपर्ने धारण राखेका छन्।
रासस












प्रतिक्रिया