काठमाडौँ। आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विशेष ‘वर्ल्ड कप प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण सहज रूपमा हेर्न सक्ने व्यवस्था मिलाउन उक्त प्याकेज उपलब्ध गराएको जनाएको छ।
नेपाल टेलिकमका अनुसार सम्पूर्ण ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गरेपछि स्क्रिनमा विशेष इन्ट्री पेज प्राप्त हुनेछ। उक्त पेजमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने इत्ए कोड भेरिफाइ गर्नासाथ मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज सक्रिय हुनेछ। साथै, नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधिसँगै खेलकुद मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र, कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिनेछ।












प्रतिक्रिया