
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्ष २०७६/७७ बाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गते आइतबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात चैत्र १९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।
लाभांश पारित गर्न कम्पनीले २०७८ वैशाख ७ गते मंगलबार, टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजे संस्थाको दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी संस्थापक शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारणतर्फ ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभामा रहेको छ । सभाले संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया