सामान्य घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा कायम भएको छ । आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ ।

सोमबार ४ अर्ब ८ करोडको कारोबार भएको बजारमा आज (मंगलबार) ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार कारोबारमा आएका ३५७ कम्पनीका १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयरहरू ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १०.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, उपकार लघुवित्तको सेयर मूल्य ८.७० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ६.१७ प्रतिशतले बढेको छ ।

यता, क्रेष्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य ९.१६ प्रतिशतले घट्दा समुदायिक लघुवित्तको सेयर मूल्य ७.३७ प्रतिशत, हिमालयन बैंक बोण्डको ७.२८ प्रतिशत, इनएमबी डेभेन्चरको ६.४६ प्रतिशतले रनेपाल बैंक डेभेन्चररको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एग्रिकल्चर बण्डको ५७ करोड रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा सेन्ट्रल फाइन्यान्सको ३५ करोड ९० लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । एनबिबिएल डेभेन्चरको ३१ करोड २९ लाख ६ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।

चौथोमा आँखु खोला जलविद्युत कम्पनीको २५ करोड ७५ लाख ५६ हजार रुपैयाँको कारोबार हुँदा लक्ष्मी बैंक डेभेन्चरको २० करोड ७३ लाख ४५ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।