काठमाडौँ । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टेलिभिजन खरिदकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। यो अफर आगामी साउन ४ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत चयनित टेलिभिजन मोडेलमा २५ प्रतिशतसम्म नगद फिर्ता सुविधा उपलब्ध हुनेछ। साथै, ७५ इन्च र ८५ इन्चका टेलिभिजन खरिद गर्ने ग्राहकले विशेष छुटमा ध्वनि प्रणालीसमेत प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकले टेलिभिजन खरिद गर्दा विश्वकप प्रत्यक्ष प्रसारण सदस्यता तथा ६ देखि १२ महिनासम्मको निःशुल्क टेलिभिजन सेवा प्याकेज पनि प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार ग्राहकले किस्ताबन्दी सुविधा तथा पुरानो उपकरण साटासाट योजनामार्फत पनि नयाँ टेलिभिजन खरिद गर्न सक्नेछन्। अफरबारे थप जानकारीका लागि नजिकको अधिकृत सामसङ विक्रेतासँग सम्पर्क गर्न सकिनेछ।










प्रतिक्रिया