काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा ई–कमर्स कारोबारका लागि थप सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार नयाँ सेवा सुरु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइन कारोबार गर्दा थप सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। उक्त प्रणालीले कारोबारका क्रममा ग्राहकको पहिचान र एकपटक प्रयोग हुने गोप्य सङ्केतमार्फत प्रमाणीकरण गर्ने सुविधा प्रदान गर्दछ।
सेवा प्रयोग गर्न कार्डधनीले आफ्नो कार्डमा एकपटक मात्र आवश्यक दर्ता प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ। यस पहलले बढ्दो ई–कमर्स कारोबारलाई थप सुरक्षित बनाउनुका साथै ग्राहकलाई अनलाइन भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई कार्ड जारी, कारोबार व्यवस्थापन, ई–कमर्स भुक्तानी सेवा तथा कार्डसम्बन्धी विभिन्न पूर्वाधार सेवा उपलब्ध गराउँदै आएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकसहित विभिन्न वाणिज्य बैंक तथा विकास बैंकका कार्डमार्फत उक्त प्रणाली प्रयोग गरी ई–कमर्स कारोबार गर्न सकिने व्यवस्था रहेको छ।










प्रतिक्रिया