
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभाबाट थप नयाँ साधारण शेयर (एफपीओ) निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यसअघि स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर एकीकृत कारोबार थालेको यस लघुवित्तले संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलाउनका लागि एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
यसैगरी सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरे बमोजिम शेयरधनीलाई चुक्ता पूँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँको ९.१९ प्रतिशतले हुन आउने ९३ करोड ६४ लाख ४४ हजार ८३५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४८ प्रतिशत अर्थात ९ लाख १३ हजार १६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित सभाले पारित गरेको छ ।
यस्तै सभाले मिर्मिरे लघुवित्त तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
यसका अलवा पूँजीवृद्धि तथा प्रबन्धपत्र तथा नियमावली संसोधन, जग्गा खरीद अनुमोदन र भवन निमार्ण गर्ने, गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, लेखापरीक्षक नियुक्ती, पारिश्रमिक निर्धारण र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा पनि पारित भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया