नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरको बोलपत्र १ बजे खोलिँदै

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को लिलामी शेयरको बोलपत्र दिउँसो १ बजे खुला हुने भएको छ ।

बैंकले जारी गरेको ५० प्रतिशत हकप्रदमा अवितरित संस्थापक समूहको १५ हजार ९ सय ७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता शेयरहरु माघ १३ गतेदेखि चैत्र १० गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेका थियो । सोही लिलामी शेयरमा परेका बोलपत्रहरू आज चैत्र २० गते शुक्रबार १ बजे खुला गरिन लागिएको हो ।

लिलामी शेयरको बोलपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा खुला हुनेछ । उक्त लिलामी शेयरको बोलपत्र खुला गर्दा फेसबुक लाइभ मार्फत जानकारी दिनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  ०९ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।