
नेपाली बजारमा पछिल्लो दुई दिन यता सुनको मूल्य एक हजार ८०० रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि सोही मूल्यमा वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ, तेजावी ८६ हजार ९५० रुपैयाँ र चाँदी तोलाको १ हजार १ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ बिहीबारको तुलनामा शुक्रबार ३० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ, तेजावी ८६ हजार ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया