अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी

0
Shares

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नेपाल प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई पक्राउ गरेको छ ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्षका लागि १०५ दिन भित्र अष्ट्रेलिया पठाईदिन्छु र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै २ जनाबाट ९ लाख रुपैयाँ ठगि गरेका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट बिहीबार पक्राउ गरेको हो ।

भुजेललाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।