विश्वकप प्याकेजसम्बन्धी गुनासोका लागि नेपाल टेलिकमद्वारा सम्पर्क नम्बर व्यवस्था


काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लक्षित ‘विश्वकप प्याकेज’ सम्बन्धी कुनै समस्या वा गुनासो भएमा चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार प्याकेज खरिद वा सेवा सञ्चालनका क्रममा समस्या आएमा ग्राहकले १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, गुनासो तथा समस्या समाधानका लागि वैकल्पिक रूपमा ०१–५९७००१९ नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले हाल ग्राहकहरूलाई ९९९ रुपैयाँमा विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने ‘विश्वकप प्याकेज’ उपलब्ध गराउँदै आएको छ। त्यस्तै, वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको एफटीटीएच इन्टरनेट प्याकेज नयाँ जडान, नवीकरण वा स्तरोन्नति गर्ने ग्राहकले उक्त प्याकेज बोनसस्वरूप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ग्राहकबाट प्राप्त गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने जनाएको छ। साथै, नजिकको ग्राहक सेवा केन्द्रबाट समेत प्याकेज सक्रिय गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  ०८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।